अर्थ / बाणिज्य

फेरि २५०० अंक नजिक सेयर बजार

झन्डै ४३ अंकले बढ्यो बजार, पुँजीकरण ३४ खर्ब माथि

इकागज |
चैत ५, २०७७ बिहीबार १६:५३ बजे

काठमाडौं : सेयर बजार सूचक नेप्से फेरी २५०० अंक नजिक पुगेको छ । ४२ दशमलव ९५ अंकले बढेको नेप्से २४७५ दशमलव ०९ बिन्दुमा पुगेको हो ।

पछिल्लो केही समययता लगातार घटिरहेको सेयर बजार मंगलबारबाट बढ्न थालेको छ । ग्रीन लाइफ हाइड्रोपावर र यूनाइटेड ईदी मार्दी हाइड्रोपावरको सेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको छ । ग्रीनलाइफको सेयर मूल्य कित्तामा ३६ रुपैयाँले बढेर ३९६ रुपैयाँ पुगेको छ । यूनाइटेड इदी मार्दीमा २६ रुपैयाँले बढेर २८६ रुपैयाँ पुगेको छ ।


चन्द्रागिरी हिल्स र नेपाल बंगलादेश बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी मूल्यमा वृद्धि भएको छ । चन्द्रागिरीको सेयर मूल्य ११७ रुपैयाँले बढेर एक हजार २ सय ४९ रुपैयाँ थियो । नेपाल बंगलादेशको सेयर मूल्य ३१ रुपैयाँले बढेर ३४९ रुपैयाँ छ ।

ट्रेडिङ समूहबाहेक सबै समूहका परिसूचक सकारात्मक छन् । होटल र म्यानुफ्याक्चरिङ समूहमा सबैभन्दा बढी वृद्धि भएको छ । होटल समूह ४ दशमलव १ प्रतिशतले बढेको छ । म्यानुफ्याक्चरिङ समूह ३ दशमलव ०२ प्रतिशतले बढेको छ ।

नेप्से परिसुचकसँगै कारोबार रकम समेत बढेको छ । बिहीबार चार अर्ब ६६ करोड रुपैयाँ सेयर कारोबार भएको छ । ५७ हजार ७ हजार ४२ पटकको कारोबारमा एक करोड १६ लाख ५७ हजार ९७५ कित्ता सेयर किनबेच भएको छ ।

नेपाल बंगलादेश बैंकको अत्यधिक सेयर कारोबार भएको छ । बैंकको ७७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) २१ करोड ६६ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको छ । बजार पुँजीकरण ३४ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ ।


Author

थप समाचार
x