अर्थ / बाणिज्य

फोन–पे को ‘झट्ट ट्रान्सफर चट्ट कार’ योजनामा मोरङका कमलले जिते कार

इकागज |
चैत ६, २०७८ आइतबार १५:२९ बजे

काठमाडौं – भुक्तानी प्रणाली सञ्चालक फोन–पे पेमेन्ट सर्भिस लिमिटेडले दोस्रो पटक सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर चट्ट कार’ योजना अन्तरगत बम्पर उपहारमा मोरङका कमल चुडालले हुण्डाइको स्याण्ट्रो (एरा एक्जुकेटिभ) गाडी जितेका छन् । 

उनले सनराइज बैंकबाट रकम ट्रान्सफर गर्दा बम्पर उपहार स्वरुप स्याण्ट्रो जित्न सफल भएका हुन् । चुँडाललाई फोन–पे का असिस्टेन्ट सिइओ दिवस सापकोटा र बैंकका नायब महाप्रबन्धक अपछकुमार यादवले गाडीको साँचो हस्तान्तरण गरेका थिए । 

फोन–पे ले अघिल्लो वर्षपनि यस्तै  योजना सञ्चालन गरेको थियो । जसमा झापाका उज्जल अधिकारीले हुण्डाइको ग्राण्ड आइ टेन गाडी जित्न सफल भएका थिए । 
यो वर्ष फोन–पे ले असोज ३१ देखि पुस १६ सम्म योजना सञ्चालन गरेको थियो । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ७६ दिनसम्म सञ्चालन भएको यस योजनामा ७५ जनाले आइफोन १३ जित्न सफल भएका छन् । 


यस योजनामा हरेक दिन एक जनाले आइफोन जित्न सकिन्थ्यो । फोन– पे मार्फत  १० रुपैंयामा कुनैपनि व्यक्तिको मोबाइल नम्बर उल्लेख गरि रकम पठाउन सकिन्छ । फोन– पे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाइल एप्स्मा गइ सेण्ड मनि गरि फोन– पे डाइरेक्ट मार्फत सहजै रकम पठाउन सकिन्छ । 

फोन– पे पेमेन्ट सर्विस लिमिटेड लिमिटेड नेपाल राष्ट्रबैँकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोन –पे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् । यस्तै फोन– पे मा हालसम्म ६ लाख १५ हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ४० लाख भन्दा धेरै मोबाइल बैकिङ्ग प्रयोगकर्ता तथा करिब ८० लाख भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एप्स् मार्फत फोन –पे ले सेवा पुर्याउँदै आएको छ । 


Author

थप समाचार
x