आइएमई पेको उत्सवको बहार दुबई घुम्ने उपहार विजेता घोषणा
काठमाडौँ – आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्तित ‘आइएमई पे’ ले उत्सवको बहार दुबई घुम्ने उपहार भन्ने मूल नाराका साथ नेपालीहरूको महान चाड दसैँ, तिहार र छठलाई लक्षित गरी तयार पारिएको स्किम को विजेता घोषणा गरेको छ ।
धनगढी कैलालीका अमिगो मनी ट्रान्सफर र सिमरा बाराका मोबाइल सरोकार उक्त स्किम अन्तर्गत विजेता घोषित भएका हुन् । आइएमई काउण्टरबाट आइएमई पे मोबाइल एप प्रयोग गरी स्किम अवधिमा हवाई टिकट विक्री गरे बापत सिस्टममा आधारित लक्की ड्र मार्फत विजेता छनोट गर्दा उनीहरू विजेता बन्न सफल भएका हुन् । व्यवसाय प्रवद्र्घनमुखी यस्ता स्किम मार्फत व्यावसायिक साझेदारहरू लाई पुरस्कृत गर्ने उद्देश्यले उक्त सञ्चालन गरिएको थियो ।
उक्त कार्यक्रममा दुई जोडीलाई ४ रात ५ दिनका लागि दुवई घुम्ने अवसर प्राप्त हुने गरी तयार पारिएको थियो । कोभिडका कारण बाहिरी देश भ्रमणको लागि उपर्युक्त समय नभएको कारण सोही भ्रमणको लागि लाग्ने खर्च ३ लाख आइएमई पे एप मार्फत स्किममा विजेताहरूलाई ट्रान्सफर गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया