एनएमबिको सहुलियतपूर्ण कर्जाबाट उखु किसानहरु लाभान्वित
काठमाडौं – एनएमबि बैंकले मदेश प्रदेशका उखु किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै मदेश प्रदेशमा हालसम्म १५६ जना उखु किसानहरुलाई कलैया र गोलबजार शाखाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराइसकेको हो ।
बैंकले उखु किसानहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उदेश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससंग सम्झौता गरेको थियो । सम्झौता अनुसार उक्त चिनी उद्योगलाई आवश्यक उखुको माग पूरा गर्न आवश्यक पर्ने उखु खेती गर्न प्रोत्साहन गर्दै किसानहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको हो साथै सुगर मिल्ससँग सहकार्य गरी किसानहरुको उखु खेतीलाई आवश्यक अन्य बिभिन्न प्राविधिक सहयोगहरू पनि गर्दै आएको छ ।
‘कर्जा प्रवाह भएपश्चात हालसालै बैंकले गरेको स्थलगत निरीक्षणमा अधिकांश किसानहरुको जीवनस्तर परिवर्तन भएको र किसानहरुले उखु बिक्रीबाट लाभान्वित भई बैंकको कर्जा समेत तोकिएको भाकाभित्रै भुक्तानी गरिरहेको पाईएको छ । चिनी उद्योगहरुमा उखुको माग हुँदा हुदै पनि कर्जा नपाउँदा उखु खेती गरी उत्पादन बढाउन नसकेका किसानहरुले, बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराएपछि आफुलाई प्राथमिकतामा राखी सहुलियतपूर्ण कर्जा बैंकले प्रवाह गरेको महशुस गरेका छन्’ विज्ञप्तिमा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया