अर्थ / बाणिज्य

ओप्पोद्वारा नेपाली बजारमा ओप्पो ए७६ सार्वजनिक

मितब्ययी मूल्यमै ग्लो डिजाइन र उत्कृष्ट कार्य क्षमता

इकागज |
चैत ८, २०७८ मंगलबार १९:५२ बजे

काठमाडौं – ओप्पोले नेपालमा आफ्नो ए सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ओप्पो ए७६ सार्वजनिक गरेको छ । ओप्पो ए ७६ ले ओप्पोको स्वामित्वको ओप्पो ग्लो डिजाइन निर्माण प्रक्रियाको परम्परालाई निरन्तरता दिँदै स्टाइलिस तथा टिकाउ उत्पादन पस्केको छ । 

ओप्पो ए ७६ मा अभूतपूर्व दृश्य अनुभव पस्कने सोचका साथ ६.५६ इञ्चको पञ्च होल स्क्रिनलाई परिष्कृत गर्दै यसमा अझ प्रतिक्रियात्मक ९० हज रिफ्रेश रेट र १८० हज टच स्याम्प्लिङ रेट डिस्प्ले उपलब्ध गरिएको छ । प्रयोगकर्तालाई उत्पादनमूलक रहन तथा आवश्यकता पर्दा मनोरञ्जन प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यसमा ३३ वाट सुपरभोक चार्जिङ सुविधा सहितको ५ हजार एमएएच क्षमताको ब्याट्री पनि जडान गरिएको छ ।


पृथक स्टाइलिश डिजाइन
ओप्पो ए७६को ग्लो डिजाइन हेर्दा आकर्षक हुनुका साथै बोक्दा पनि उत्तिकै सहज तथा आरामदायी भएको कम्पनीले दावी गरेको छ । यो फिंगरप्रिन्ट र धुलो प्रतिरोधात्मक पनि छ । ग्लोइङ्ग ब्ल्यू (नीलो) र ग्लोइङ्ग ब्ल्याक (कालो) गरी दुई आकर्षक रंगमा उपलब्ध यो फोन पहिलेका फोनको तुलनामा अझ हल्का, चहकिलो र थप टेक्सचर्ड छ ।
ओप्पो ए७६मा ८९.९% स्क्रिन–टू–बडी रेसियो र पञ्च होल डिस्प्ले डिजाइन सहितको ६.५६ इञ्चको एचडी डिस्प्लेको प्रयोग गरिएको छ । 

भिडियो हेर्दा तथा गेम खेल्दा सहज तथा आरामदायी अनुभव प्रदान गर्न यसमा अझ प्रतिक्रियात्मक ९० हज रिफ्रेश रेट र १८० हज टच स्याम्प्लिङ रेट डिस्प्ले उपलब्ध गरिएको छ । फोनको साइडमा फिंगरप्रिन्ट सेन्सर दिइएको छ । फोनको साइडमा दिइएको यो पातलो फिंगरप्रिन्ट सेन्सर र बटन्सले फोन लाई अझ हल्का, पातलो, बोक्दा आरामदायी र हेर्दा थप आकर्षक बनाएको कम्पनीले दावी गरेको छ । 

पोट्रेट फोटोग्राफीमा सुदृढिकरणका लागि क्यामेरा अपग्रेड

ओप्पो ए७६मा १.१२माइक्रोन र एफ२.० एपर्चर सहितको ८एमपी फ्रण्ट क्यामेरा दिइएको छ । यसले ३२६४८२४४८ रिजोल्यूशन सहितको पोट्रेट शट्स लिन सकिन्छ । यसमा दिइएको परिस्कृत एआई नेचुरल रिटचिंग ब्यूटिफिकेशन प्रविधिले फ्रन्ट क्यामेराका लागि ब्लेमिस रिमुभल उपलब्ध गराई प्रयोगकर्ताका प्राकृतिक फेशियल फिचर्सको जगेर्ना गर्छ । यसका साथमा अब पोट्रेट्स कम प्रकाश भएका स्थानमा समेत चहकिला र स्पष्ट हुन्छ ।


फोनको पछाडी रहेका डुअल रियर क्यामेरा सेटअपमा माथिल्लो पट्टी १२एमपी एफ२.२ मेन सेन्सर र तल पट्टी सेकेन्डरीका रुपमा २एमपी बोके कयामेरा उपलब्ध गरिएको छ । यो क्यामेराले सिक्सएक्स डिजिटल जुम र लगातार २०ओटा कन्टिनुअस ब्रस्ट शट्स सपोर्ट गर्छ । यसमा रहेका फ्रण्ट र रियर दुबै क्यामेराले एचडीआर सपोर्ट गर्छन् । यसले अध्याँरो स्थानमा समेत विवरणको संरक्षण गर्ने क्षमता राख्छ ।

ओप्पो ए७६ नेपाली बजारमा ग्लोइङ्ग ब्लु र ग्लोइङ्ग ब्लाकमा ६ जि.बी + १२८ जीबीमा उपलब्ध हुनेछ र यसको बजार मूल्य २९ हजार ९९० रुपैया रहने कम्पनीले जनाएको छ । 
 


Author

थप समाचार
x