अर्थ / बाणिज्य

नबिलको बसन्ती प्रेरणादायी पात्र अभियान सुरु

इकागज |
चैत ९, २०७८ बुधबार १२:२१ बजे

काठमाडौं – एसिड आक्रमणबाट बाँच्न सफल भएकी बसन्ती परियारको वास्तविक जीवनमा आधारित रहेर नबिल बैंकले एक सामाजिक सचेतना अभियान शुरु गरेको छ । बसन्ती परियार एक यस्ती महिला हुन् जसलाई पिडकले एसिड मात्र छर्केन, ६ पटकसम्म चक्कु प्रहार गरेर मरणासन्न हुने गरी उनको जीवन नै समाप्त गर्ने उदेश्यले आक्रमण गर्यो । 

एसिड आक्रमणबाट बाँच्न सफल उनि अब एउटा पीडितको रुपमा होइन बहादुरी जीवनयापनको रुपमा आफ्नो पहिचान बनाउन चाहन्छिन् । थप, विगतका पिडाहरुलाई भुल्न नसके पनि बसन्ती ती पीडाहरु विरुद्ध लड्ने आँट भएकी प्रेरणादायी महिलाको रुपमा अघि बढिरहेकी छिन् । बसन्तीको आँट, साहस, बहादुरी र आत्मविश्वासी अभियानलाई साथ दिन नबिल बैंकले यो पहल गरेको बैकले जनाएको छ । 


यो अभियान मार्फत नबिलले मानिसको भित्री रुपको शक्ति र सामथ्र्यलाई जोड दिने सन्देश सहित यो अभियान मार्फत सौन्दर्यलाई नयाँ तरिकाले चित्रण गर्ने उदेश्य राखेको जनाएको छ । यसबाहेक, नबिल एसिड आक्रमणको अँध्यारो र उज्यालो पक्षहरूलाई उजागर गर्ने प्रयास गर्दैछ । 

यस अभियानको सुरुवात गर्न बैंकले बसन्तीलाई चित्रण गर्ने सचेतनामूलक भिडियो तयार गरेको छ । यसै सिलसिलामा बैंकले चैत २२ गते विभिन्न क्षेत्रका विज्ञहरुलाई प्यानल राखेर एक छलफलको आयोजना गरेको छ । सामाजिक अभियान्ता उज्वल थापा, संचारकर्मी आरती चटौत, वरिष्ठ प्रहरी उपरिक्षक दुर्गा सिंह र डा. रोजिना सिल्पकार सहितको प्यानल छलफलमा एसिड आक्रमण र हाम्रो समाजका विविध पाटोहरुका सवाल उठान गरिएको थियो ।

प्यानल छलफलमा समावेश विभिन्न क्षेत्रका विज्ञहरू संग नेपालमा एसिड आक्रमणविरुद्धको कानुनहरू, एसिड आक्रमणका घटनाहरूको विगत–वर्तमान परिदृश्य, एसिड आक्रमण पीडितहरूका लागि उपलब्ध चिकित्सा हेरचाह÷सहयोग सम्बन्धी  विषयमा छलफल गरेको थियो । 

एसिड आक्रमण पीडितहरूमा आत्मविश्वास बढाउँन र एसिड आक्रमणको बारेमा आम जागरूकता बढाउँन यो छलफलले सहयोग पुग्ने विश्वास गरिएको छ । यस्ता खालका छलफलले एसिड अपराध विरुद्ध समाजका सबै सदस्यलाई जागरुक बनाइ स्टिरियोटाइपहरू तोड्न मिडियाको भूमिका र योगदानको संभावनाको बारेमा समेत छलफल भएको बैकले जनाएको छ । 


Author

थप समाचार
x