अर्थ / बाणिज्य

सेफ्टी रेटिङमा ग्रेट वाल मोटरको ‘हाभल एच-६’ले पायो फाइभ–स्टार

इकागज |
चैत ९, २०७८ बुधबार १७:३६ बजे

काठमाण्डौ– ग्रेट वाल मोटर्स (जीडब्ल्यूएम) को ‘हाभल एच-६’ ले अस्ट्रेलियासियन न्यु कार एसेसमेन्ट प्रोग्राम (एएनसीएपी)  क्र्यास परीक्षणमा हालको २०२०–२०२२ सुरक्षा प्रोटोकलहरुका लागि फाइभ–स्टार प्राप्त गरेको छ । 

जीडब्ल्यूएम पिक–अप पजवरपछि यस्तो उच्च मूल्यांकन प्राप्त गर्ने एच-६ जीडब्ल्यूएमको दोस्रो गाडी हो । हाभल एच ६ ले एडल्ट अकुप्यान्ट प्रोटेक्सनमा ९० प्रतिशत, चाइल्ड अकुप्यान्ट प्रोटेक्सनमा ८८ प्रतिशत, भल्नरेबल रोड युजर प्रोटेक्सनमा ७३ प्रतिशत, र सेफ्टी असिस्टमा ८१ प्रतिशत स्कोर ल्याउँदै फाइभ–स्टार सुरक्षा मूल्यांकन प्राप्त गर्न सफल भएको छ ।


एएनसीएपीका अनुसार हाभल एच६ले साइड इफेक्ट र अब्लिक पोल टेस्ट, फ्रन्ट–र–रियर–सिट अक्युप्यान्ट ह्विप्ल्यास प्रोटेक्सन र फ्रन्टल अफसेट टेस्टमा फ्रन्ट–सिट प्यासेन्जर प्रोटेक्सनमा पूर्णांक पाएको छ । चाइल्ड अकुप्यान्ट प्रोटेक्सनमा ‘परप्परागत विशिष्ट बाल प्रतिबन्धहरुको दायरालाई सुरक्षित रुपमा समायोजन गर्ने’ एच-६ लाई एएनसीएपीले प्रशंसा गरेको छ । 

यसैगरी टर्न–अक्रस–पाथ इन्टरसेक्सन परीक्षणमा अर्को गाडीसँग ठोक्किनबाट रोक्ने क्षमता भएकोमा एएनसीएपीले हाभाल एच-६ को जंक्सन असिस्ट फिचरको पनि प्रशंसा गरेको छ ।

हाभाल एच-६को सक्रिय सुरक्षा सुविधाहरुलाई एएनसीएपीले तारिफ गरेको छ र सबै आपतकालीन लेन राख्ने परीक्षण अवस्थाहरूसँगै कार–टु–कार र कार–टु–साइक्लिस्ट अटोनेमस इमर्जेन्सी ब्रेकिङ क्षमताहरुलाई राम्रो मूल्यांकन गरेको छ ।

ग्रेट वाल मोटर नेपालले हाभल एच६, हाभल जोलायन र पोअर जस्ता ग्लोवल मोडेलहरुका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको छ र नेपालको इलेक्ट्रिक भेहिकलको भविष्यमा ओरा इलेक्ट्रिकसँगै भावी पुस्ताको अटोमोटिभ चाहनालाई बढावा दिने वाचा गर्दछ । 

भीजी इम्पेक्स नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ता हो । वर्षौंदेखि चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रहरुमा अत्याधिक सफलताको आनन्द लिएपछि भीजी इम्पेक्स–ग्रेट वाल मोटर नेपालले यो लोकप्रिय इलेक्ट्रिक गाडी नेपाल ल्याउन सफल भएको छ । ग्रेट वाल मोटर नेपालले आफ्ना बिक्री र बिक्री पछिको स्तरीय सेवाहरुलाई पनि निरन्तर स्तरोन्नति गर्दै देशव्यापी नयाँ बिक्री केन्द्रहरु थप्दै सेवा सुविधामा वृद्धि ल्याइरहेको छ । कम्पनीले उपभोक्तालाई नयाँ र बृहत सेवाहरु प्रदान गर्ने र नेपालको इलेक्ट्रिक भेहिकल इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको छ । 

विश्वव्यापी बजार अनुसार ग्रेट वाल मोटर अग्रपंक्तिमा रहन अग्रसर छ । २०२५ सम्ममा विश्वबजारमा ४० लाख सवारी साधन बिक्री गर्ने लक्ष्यलाई पछ्याउँदै यो कम्पनी आफ्नो बिक्रीको ८०% भन्दा बढी हिस्सा नयाँ उर्जाका सवारी साधनहरुको हुने अपेक्षा राखेको छ ।
 


Author

थप समाचार
x