आइएमई र मिदासबीच सहकार्य : कक्षा १ देखि १० सम्म नि:शुल्क ई‐लर्निङको व्यावस्था
काठमाडौँ – आइएमई ग्रुपद्वारा प्रवर्द्धित र विगत दुई दशकदेखि विद्यार्थीहरुको सिकाइलाई र्ई‐लर्निङ मार्फत सहज बनाउने कार्य गर्दै आएको मिदास एजुकेशन प्रा. लि. सँगको सहकार्यमा र्ई‐लर्निङ प्रवर्द्धन अभियान सुरु गरेको छ । सोही अभियान २२ ८ चैत्र २०७८ देखि ३१ बैशाख २०७९ सम्म जम्मा ५४ दिनको लागि लागू गरिएको कम्पनीले जनाएको छ ।
उक्त अभियानमा नेपालमा सफलतापूर्वक विदेशबाट आइएमई मार्फत रकम पठाउँदा भुक्तानी गरिसकेपछि आइएमईका अन्तर्राष्ट्रिय साझेदारहरूबाट डाउनलोड लिङ्कसहितको एसएमएस र लाभार्थीलाई प्रोमो कोड पठाइनेछ ।
लाभार्थीले त्यसपछि आफ्नो मोबाइलमा प्राप्त ‘लिङ्क’ मा ‘क्लिक’ गरेर मिदास इ–क्दास सरलीकरण शिक्षा एप ‘इन्सटल’ गर्न सकिन्छ ।
एप डाउनलोड गरिसकेपछि, प्रापकले निःशुल्क ई–लर्निङ प्राप्त गर्न प्रोमो कोड प्रयोग गर्न सक्छन् र सोही कोड प्रयोग गरेर कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले मात्र निशुल्क पढ्न पाउने कम्पनीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया