भ्वाइस कल गर्न मिल्ने कस्पेटको स्मार्टवाच म्याजिक थ्रीएस नेपालमा
काठमाडौँ- नेपालका लागि कस्पेटको आधिकारीक आयातकर्ता तथा वितरक कम्पनी क्रोमा टेक्नोलोजी प्रालिले नेपाली बजारमा कस्पेटको नयाँ स्मार्टवाच मोडलहरू लन्च गरेको छ । कम्पनीले नेपाली बजारको मागलाई ध्यानमा राखेर पहिलो पटक फोन कल गर्न सकिने स्मार्टवाच ल्याएको हो ।
कम्पनीले नेपाली बजारमा युरोपको स्मार्टवाच ब्राण्ड कस्पेट म्याजिक थ्रीएस र कोस्पेट ट्यांक एम १ स्मार्टवाचहरू भित्र्याएको हो । यी दुवै स्मार्टवाचहरू नेपालभर उपलब्ध भइसकेका छन् । कस्पेटका सम्पूर्ण स्मार्टवाचहरू युरोपेली मापदण्ड र स्तरअनुसार उत्पादन गरिएका छन् ।
कस्पेट म्याजिक थ्रीएस
म्याजिक थ्रीएस नामक नयाँ मोडलको स्मार्टवाचमा आईफोन तथा कुनैपनि एन्ड्रोइड स्मार्ट फोनमा कनेक्ट गरेर स्मार्टवाचबाटै सिधै भ्वाइस कल गर्न वा कुराकानी गर्न सकिने फिचर रहेको छ ।
यो स्मार्टवाचमा १.६९ इन्चको टिएफटी डिस्प्ले राखिएको छ भने पावरका लागि २६० एमएएचको ब्याट्री प्याक रहेको छ । कस्पेट म्याजिक थ्रीएस स्मार्टवाचलाई एक पटक चार्ज गरेपछि ७ दिनसम्म सजिलै चलाउन सकिन्छ ।
कस्पेटको म्याजिक थ्रीएस स्मार्टवाचमा २० विभिन्न प्रकारका स्पोर्टस मोड छन भने यसले ब्लड अक्सिजन, हर्ट रेट र ब्लड प्रेसर मनिटर गर्न सक्दछ । त्यसैगरी प्रयोगकर्ताको शरिरको तापक्रम नाप्ने सुबिधासमेत रहेको छ ।
स्मार्टवाच आईपी ६७ वाटर रेसिस्ट्यान्टसहित आउने कम्पनीले जनाएको छ । यसको सबैभन्दा महत्वपूर्ण फिचर भनेका ब्लूटूथमार्फत तपाईंले आफ्नो फोनमा कनेक्ट गरेर भ्वाइस कल गर्न सकिन्छ ।
कस्पेट ट्यांक एम १
यो स्मार्टवाच स्पोर्टीलुक मन पराउने प्रयोगकर्ताहरूका लागि ध्यानमा राखेर ल्याइएको हो । कस्पेट ट्यांक एम १ मा १.७२ इन्चको ठूलो टिएफटी डिस्प्ले साइज राखिएको छ । यसमा ३८० एमएएचको पावरफुल ब्याट्री रहेको छ जसले एक चार्जमा १५ दिनसम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
ट्यांक एम १ स्मार्टवाचमा २० वटा फरक स्पोर्टस मोडहरू छन भने यसले प्रयोगकर्ताको ब्लड अक्सिजन, हर्ट रेट र ब्लड प्रेसर मनिटर गर्न सक्दछ । स्मार्टवाच ५ मिटरसम्म पानीमा पर्दा पनि केहि नहुने किसिमको वाटर रेसिस्ट्यान्ट प्रविधियुक्त रहेको छ भने ५० वटा वाच फेसेज, कल रिमाइन्डर छ ।
आउटडोरको लागि उपयुक्त यो कस्पेट ट्यांक एम १ डस्टप्रुफ र शकप्रुफ रहेको छ । यो विशेषगरी यात्रा गरिरहन मन पराउने र ट्रेकिङ्ग जानेहरूको लागि उत्कृष्ट रोजाई हुनसक्नेछ ।
नेपाली बजारमा कस्पेटका स्मार्टवाचहरू बिक्री गर्दै आएको क्रोमा टेक्नोलोजीका बिक्री प्रबन्धक नवीन पण्डितले यी युरोपियन ब्राण्डका स्मार्टवाचहरू नेपालमा पहिलो पटक आएका र यसले ग्राहकहरूलाई सन्तुष्ट पार्दै आएको बताए ।
‘हामीले कस्पेटका स्मार्टवाचहरू पहिलेदेखि नै बेचिरहेका छौँ । अहिले नेपालमा पहिलो पटक कल गर्न मिल्ने सुबिधासहितको स्मार्टवाच भित्र्याएका छौं’ उनले भने ‘यी सबै युरोपेली मापदण्डका स्मार्टवाचहरू नेपाली प्रयोगकर्ताहरूलाई ध्यानमा राखेर ल्याइएको हो ।’
कम्पनीले नेपाली बजारमा कस्पेटका सम्पूर्ण स्मार्टवाचहरूमा १२ महिनाको वारेन्टी दिएको छ । बजारमा कस्पेट म्याजिक थ्रीएसको बजार मूल्य ७,४९९ रुपैयाँ तथा कस्पेट ट्यांक एम १ को मूल्य ७,१९९ रुपैयाँ तोकेको छ । यी स्मार्टवाचहरू नेपालभर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया