नयाँ वर्षमा दरबारमार्ग महोत्सव
काठमाडौं – नयाँ वर्षमा दरबारमार्ग महोत्सव हुने भएको छ । एनसेलसँगको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको सदस्य रेस्टुरेन्ट एन्ड बार एसोसिएशन नेपाल (रेबान) र दरबारमार्ग विकास बोर्डले ३ वैशाखमा १५ औं दरबारमार्ग महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवको सहप्रायोजक गोरखा ब्रुअरी रहेको छ ।
यस पटकको महोत्सवमा ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने नारा दिइएको छ । आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको जनाइएको छ ।
महोत्सवमा सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरूको प्रस्तुति गरिने भएको छ । दरबारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकसम्म र उत्तरतर्फ नारायणहिटी सङ्ग्रहालयको गेटको ट्राफिक पोलसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया