डिजी 'पे'ले ल्यायो नौलो फ्रेन्चाइज योजना, मनग्गे आम्दानीको अवसर
काठमाडौं – डिजी पेले ल्यायो नौलो फ्रेन्चाइज योजना ल्याएको छ । डिजी पे नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजत प्राप्त संस्था हो । उक्त कम्पनीले आफ्नो पहुँच मुलुकका दूरदराज गाउँसम्म विस्तार गर्न ‘स्थानीय बिजनेस पार्टनरसीप’ योजना अगाडि सारेको छ ।
यसका साथै उक्त कम्पनीले सर्वसाधारणलाई अझै बढी विद्युतीय भुक्तानी सम्बन्धी कार्यका साथै ज्ञान बढाउन र आफ्नो सेवा तथा सुविधाहरु अझ प्रभावकारी बनाउन नौलो फ्रान्चाइज योजना ल्याएको जनाएको छ ।
वर्लड पेको ग्लोबल पेमेन्ट रिपोर्टअनुसार, सन् २०२३ सम्ममा विश्वव्यापी रूपमा गरिएका सबै ई–कमर्स कारोबारमध्ये आधाभन्दा बढी डिजिटल वालेटबाट हुने अपेक्षा छ । नेपालमा पनि मोबाइल वालेटबाट दैनिक दुई अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने गरेको छ र यो क्रम बढिरहेको छ ।
सन् २०१७ मा स्थापित डिजी पे वास्तवमा एक मौलिक व्यापारिक एप हो । डिजी पे एपबाट युटिलिटी पेमेन्टबाहेक इकमर्स, इभेन्ट तथा ट्राभल टिकट खरिद–बिक्री गर्न सकिन्छ । उक्त एप मार्फत डिजिटल भोटिङको साथै पहिलोपटक नगदमा समेत कारोबार गरी ग्राहक तथा व्यवसायीले हरेक खर्च तथा व्यापारमा आम्दानी गर्न सक्ने कम्पनीले जनाएको छ ।
नेपालमा चलिरहेका फ्रेन्चाइजहरू मध्ये यो पहिलो र एकमात्र डिजिटल मोडलमा आधारित नौलो फ्रेन्चाइज प्लेटफर्म भएको कम्पनीको ठहर छ । करोडौंको लगानीमा निर्मित डिजी पे एप, फ्रेन्चाइजी लिनेले कम्पनीबाट उपलब्ध पूर्णव्यापारिक योजना लागू गरी सहज तरिकाले मनग्गे आम्दानी गर्न सक्नेछन् । कम्पनीद्वारा प्रक्षेपित न्यूनतम लक्ष्य प्राप्त गर्दा पनि मासिक ४ देखि ५ लाख रुपैयाँसम्म कमाउन सकिने कम्पनीको बुझाई छ ।
हालसम्म १ लाखभन्दा बढी पटक डाउनलोड भइसकेको डिजी पे एपमा ३ सयभन्दा धेरै व्यवसायी आबद्ध भइसकेका छन् । प्रभावकारी बजारीकरण योजना, न्यून जोखिममा उच्च मुनाफा प्राप्त गर्न सकिने यस डिजी पे फ्रेन्चाइज योजनाबाट मुलुकभर ठूलो परिमाणमा रोजगारीको समेत अवसर सिर्जना हुने कम्पनीको अपेक्षा गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया