लक्ष्मी केयर्सको साइकल र्यालीमा २ सय भन्दा धेरै सहभागी
काठमाडौं – लक्ष्मी बैंकका कर्मचारीहरूद्वारा स्थापित गैर नाफमूलक संस्था लक्ष्मी केयर्सले ‘अरेन्ज लभ्स ग्रिन’ अभियान अन्तर्गत वार्षिक साइकल र्यालीको १२औं संस्करण चैत्र १९ गते शनिबार काठमाडौंमा आयोजना गरेको छ ।
टुँडिखेल स्थित आर्मी अफिसर्स क्लबबाट २०० भन्दा बढी साइकल यात्रीको सहभागितामा सुरु भएको सो र्याली १३ किलोमिटरको दुरी पार गर्दै गोकर्ण फरेस्ट रिसोर्टमा गई सम्पन्न भएको थियो ।
र्याली पश्चात विभिन्न पेशा तथा व्यवसायमा संलग्न करिब लक्ष्मी केयर्सका एह हजार भन्दा बढी हितैषी उपस्थितिमा १९७४ एडि ब्यान्डको सांगीतिक प्रस्तुति लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम लक्ष्मी बैंकको २०औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको थियो ।
लक्ष्मी केयर्सले उज्यालो अभियान अन्तर्गत जनचेतना अभिवृद्धि एवं विभिन्न सांस्कृतिक तथा सार्वजनिक स्थानलाई वातावरण मैत्री प्रविधिबाट उज्यालो बनाउने उद्देश्यका लागि रकम संकलन गर्ने प्रयोजनसहित साइकल र्याली कार्यक्रमको आयोजना गर्दै आएको जनाएको छ ।
सो अभियान अन्तर्गत यसअघि लक्ष्मी केयर्सले बागमती पुल, पाटन दरबार स्क्वायर, भद्रकाली–सिंहदरबार सडक, बाराको गढिमाइ मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सौर्य बत्ती जडान गर्नुका साथै देशभर विभिन्न स्थानमा वृक्षरोपण गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया