अर्थ / बाणिज्य

एफवान सफ्टको चिफ इनोभेसन अफिसरमा पौडेल नियुक्त

इकागज |
चैत २१, २०७८ सोमबार १६:३१ बजे

काठमाडौं– एफवान सफ्ट इन्टरनेशनलको चिफ इनोभेसन अफिसरमा सनतकुमार पौडेल नियुक्त भएका छन् । १६ वर्ष भन्दा लामो बैंकिङ्ग क्षेत्रको अनुभव भएका पौडेल एफवान सफ्ट इन्टरनेशनलका आबद्ध भएका हुन् । 


उनी सँग नबिल बैंकमा १३ वर्षसम्मको डिजिटलाइजेसन हेड, कार्ड एण्ड अल्टरनेट च्यानल हेडका रुपमा काम गरेको अनुभव छ । नबिल बैँकमै पौडेलले टेक्नोलोजी एण्ड डिजिटल बिजनेसका रुपमा समेत काम गरेका थिए । यसअघि पौडेल नेपाल बैंक लिमिटेडको कोर बैंकिङ्गको टेक्नोलोजी पार्टमासमेत आबद्ध थिए । यस्तै उनीसँग अन्य क्षेत्रमा पनि लामो समय सफ्टवेयर डेभलपमेन्टका रुपमा काम गरेको अनुभव छ । 


एफवान सफ्टमा पौडेलको आबद्धतासँगै एफवान सफ्टले विश्वमा विकास भएका नवीनतम प्रविधिलाई नेपाली माटो सुहाउँदो बनाउने छ । साथै नेपालमा पनि आम मानिसको दैनिक जनजीवन सहज बनाउने खालका सफ्टवेयरको निर्माण, विकास तथा डिजिटल भुक्तानीका क्षेत्रमा अझ नयाँ प्रविधिको विकासमा महत्वपूर्ण योगदान रहने अपेक्षा गरिएको जनाएको छ । 

एफवान सफ्ट कम्पनी नेपालका ठूला आईटी कम्पनी मध्येको एक हो । सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तीय क्षेत्रका सफ्टवेयर निर्माण तथा उत्पादन गर्दै नेपाललगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ । एफवान सफ्ट ग्रुप अन्तरगत हाल १३ वटा कम्पनी सञ्चालनमा रहेका छन् । एफ्वान सफ्ट अन्तरगत इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर, कोजेन्ट हेल्थ, दियालो टेक्नोलोजिज, बससेवा लगायतका स्थापित  कम्पनी रहेका छन् ।

नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थामा एफवान सफ्टले विकास गरेका मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, फाइवर बैंकिङ्ग लगायतका सोलुसन प्रयोग हुँदै आएका छन्। 


Author

थप समाचार
x