अर्थ / बाणिज्य

पेट्रोलियम पदार्थ र ग्यासकाे मूल्य बढ्यो (सूचीसहित)

इकागज |
चैत २३, २०७८ बुधबार १:७ बजे

काठमाडौँ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा एलपीजी ग्यासको मूल्य फेरि बढाएको छ । 

निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । त्यस्तै डिजेल र मट्टितेल पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ ।


अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ कायम भएको छ ,

त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ । 

निगमका अनुसार बढेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने छ ।  


Author

थप समाचार
x