महालक्ष्मी विकास बैंकका ग्राहकलाई हिमाल डेन्टल हस्पिटलमा भारी छुट
काठमाडौं – महालक्ष्मी विकास बैंकका ग्राहकलाई हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स प्रा. लि.मा भारी छुट दिने भएको छ ।
बैंकले धुम्बाराही काठमाडौंमा अवस्थित हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स प्रा. लि.बिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।
उक्त सम्झौता पश्चात यस बैंकको डेबिड कार्ड, क्युआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्नेले सम्पूर्ण दन्त सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्ने भएका हुन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको उक्त बैकले जनाएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरूबाट जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया