विद्युतीय सवारी प्रवर्धन गर्दै लक्ष्मी इन्टरकन्टिनेन्टल
काठमाडौँ– हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा विद्युतीय सवारीसाधन प्रवर्धन गर्न विद्युतीय सवारीसाधन तालिम प्रतिष्ठान (हुन्डाई इभी ट्रेनिङ एकेडेमी) सञ्चालनमा ल्याएको छ ।
दीर्घकालमा विद्युतीय सवारीसाधन प्रवर्धन गरी हरित अर्थतन्त्र निर्माण गर्ने, मुलुकमा उत्पादित स्वच्छ उर्जाको खपत बढाउने सरकारको अभियानलाई समर्थन गर्दै हुन्डाईले विद्युतीय सवारीसाधनबारे जान्न÷बुझ्न इच्छुकहरूलाई लक्षित गर्दै यो पहल सुरु गरेको हो । विद्युतीय सवारी साधनको बारेमा आम उपभोक्तालाई बुझाएर यसतर्फ उत्प्रेरित गर्ने योजना रहेको लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया