यस्ता छन् एनसेलका नयाँ वर्ष अफर
काठमाडौं – एनसेलले नयाँ वर्षको लागि अफरहरू सार्वजनिक गरेको छ । एनसेलले डेटा र सबै नेटवर्कमा कुरा गर्न सकिने टक टाइम सहितको कम्बो प्याकहरू सुलभ दरमा दिन लागेको हो ।
२८ दिने कम्बो प्याकको खरिदमा नन् स्टप अन नेट कल सुविधा दिने भएको हो । ५० रुपैयाँ वा सो भन्दा बढिको प्रत्येक रिचार्जमा हरेक ग्राहकले सोसल मिडिया प्याक बोनस समेत पाउने भएका हुन् ।
अफरहरु आज आइतबारबाट संचालनमा ल्याएको छ । न्यु इयर कम्बो प्याक अन्तर्गत ग्राहकले ७ दिन र २८ दिन समयसिमा रहेका विभिन्न प्याकहरू सुचारु गर्न सक्छन् ।
प्याक अनुसार ग्राहकले अल नेट भ्वाइस, अल टाइम डेटा, अल नेट एसएमएस र नन् स्टप अन नेट भ्वाइस सेवा जस्ता सेवा बण्डलिङबाट फाइदा लिन सक्छन् । त्यस्तै रिचार्ज योजना अन्तर्गत प्रत्येक ग्राहकले रुपैयाँ ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा बोनस स्वरुप फेसबुक, टिकटक, यूट्युब प्रयोग गर्न सोसल मिडिया प्याक प्राप्त गर्दछन् ।
कम्बो प्याक अन्तर्गत ७ दिनको समयसिमा रहेको प्याक ग्राहकले कर सहित मात्र ९६ रुपैयाँमा सुचारु गर्न सक्छन् । यस प्याकमा बण्डल गरिएको १ जिबि अल टाइम डेटा र कुनै पनि नेटवर्कमा कल गर्न सकिन १०० मिनेट अल नेट टक टाइमबाट फाइदा लिन सक्छन् । त्यस्तै ग्राहकले १६८ रुपैयाँमा ५ जिबि अल टाइम डेटा र १०० मिनेट अल नेट टक टाइम रहेको अर्को ७ दिने प्याक १६८ रुपैंयामा सुचारु गर्न सक्छन् ।
ग्राहकका लागि २८ दिन समयसिमा रहेको प्याक पनि रहेको छ जस अन्तर्गत ग्राहकले २९८ रुपैयाँमा २।५ जिबि डेटासँगै २५० मिनेट अल नेट टक टाइमको फाइदा लिन सक्छन् । यो प्याक सुचारु गर्न इच्छुक ग्राहकले एष्ट्रिक्स १७१२३एष्ट्रिक्स १ ह्यास डायल गरि यो प्याक सुचारु गर्न सक्छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया