भिभोद्वारा नेपालमा तीन नयाँ स्मार्टफोनहरु सार्वजनिक, मुल्य कति ?
काठमाडौं – भिभोले आफ्नो भि र वाई सिरिजका तीनवटा स्मार्टफोनहरु – भि २३ फाइभजी, वाई ३३ एस र वाई ०१ नेपालमा सार्वजनिक गरेको छ । यी नयाँ स्मार्टफोन प्रयोगकर्ताहरूलाई हरेक मूल्य विन्दुमा उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको कम्पनीले जनाएको छ ।
भि२३ फाइभ जी एक नवीनतम स्मार्टफोन हो जुन उल्लेखनीय पोर्टेटहरू र सेल्फीहरूका लागि फोटोग्राफी सुविधाहरु सहित ट्रेन्ड सेटिङ डिजाइन र उच्च प्रदर्शनका साथ आउँछ । भि२३ फाइभजी को ५० एमपी अटोफोकस पोर्टेटहरू सेल्फी, ६४ एमपी सुपर–सेन्सिङ क्यामेरा र ८ एमपी सुपर वाइड–एंगल क्यामेराले
क्यामेरा प्रदर्शन र डिजाइन सुन्दरतामा नयाँ मापदण्डहरू कायम गरेको छ ।
नविन बाह्य स्वरूपका लागि भिभोले मेटल फ्ल्याट फ्रेम डिजाइनमा रंग परिवर्तन हुने फ्लोराइट एजी डिजाइन टेक्नोलोजीका प्रयोग गरको छ जुन प्रत्यक्ष सूर्यको किरणमा रङ परिवर्तन भएर अझ बढि आकर्षक देखिन्छ ।
‘भिभोमा, हामी आफ्नो व्यक्तित्व झल्काउन साहसी एवं नयाँ तरिकाहरू खोज्ने प्रयोगकर्ताहरूका लागि नवाचार, अत्याधुनिक क्षमताहरु र स्टाइलको संयोजन गरी उत्कृष्ट मोबाइल अनुभव सिर्जना गर्ने प्रयास गछौं । भि२३ फाइभजीले विशिष्ट गुणस्तरीय सेल्फी र पोर्टेटहरू शटहरूको लागि विभिन्न पक्षहरूमा उत्कृष्ट क्यामेरा क्षमताहरू प्रदान गर्दछ साथै हल्का तौल र सुरुचिपूर्ण डिजाइनले यसलाई फेशनेबल बनाउँछ तर अद्वितीय रङ–परिवर्तन विशेषताले गर्दा यो अन्यभन्दा अझ अलग छ । आज सार्वजनिक भएका तीनवटै स्मार्टफोनले प्रयोगकर्ताको मन जित्ने हाम्रो विश्वास रहेको छ’ भिभो नेपालका सिईओ माइकलले भने ।
भिभोका तीनवटा स्मार्टफोनहरुमा भि२३ फाइभ जी, वाई३३एस, वाई०१ आजबाट देशभर उपलब्ध भएको कम्पनीले जनाएको छ । भिभो भि२३ फाइभजीको मूल्य ५५ हजार ९९९ रुपैयाँ रहेको छ । यो ८जीबी प्लस १२८ जीबी स्टोरेज भेरियन्टमा सनसाइन गोल्ड र स्टारडस्ट ब्ल्याक रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
वाई ३३ एस २९ हजार ९९९ रुपैयाँमा ८ जीबी प्लस १२८ जीबी स्टोरेज भेरियन्टमा मिरर ब्ल्याक र मिडडे ड्रीम रंगमा उपलब्ध हुनेछ । वाई०१ रु १३,९९९ मा २जीबी प्लस ३२जीबी स्टोरेज भेरियन्टमा एलिगेन्ट ब्ल्याक र सेफाइस ब्लू रंग उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया