अर्थ / बाणिज्य

सेगवे–नाइनबटको स्मार्ट इलेक्ट्रिक स्कुटर ई–१२५ नेपालमा सार्वजनिक, मूल्य कति ?

इकागज |
चैत २९, २०७८ मगलवार १९:१३ बजे

काठमाण्डौ– छोटो दूरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारीसाधन निर्माणका लागि विश्व प्रसिद्ध कम्पनी सेगवे–नाइनबटले आज नेपालमा आफ्नो आकर्षक र नयाँ शैलीको इलेक्ट्रिक स्कुटर ई–१२५ सार्वजनिक गरेको छ । 

सेगवे विश्वव्यापी रुपमा लोकप्रिय र उच्च बिक्री हुने ई–स्कुटर ब्रान्ड हो । नेपालमा सेगवे ई–१२५ को बिक्री यही चैत १९ देखि वारेन्टीसहित सुरु भइसकेको छ । 


नेपालमा नाइनबटका लागि आधिकारिक बिक्रेता आईहब प्रालिले भविष्यमा सेगवेका अरु लोकप्रिय मोडलहरु पनि सार्वजनिक गर्ने जनाएको छ । 

इलेक्ट्रिक स्कुटर ई–१२५ संयुत राज्य अमेरिकाको मोबिलिटी इनोभेसन कम्पनी सेगवेको नवप्रवर्तनशील स्कुटर हो। २०२० रेड डट डिजाइन अवार्ड विजेता यो इलेक्ट्रिक स्कुटर सेगवे नाइनबटद्वारा बनाइएको ई शृंखला अन्तर्गतको पहिलो स्कुटर हो ।

यो इलेक्ट्रिक स्कुटरमा टाढैबाट लक गर्न सकिने, ट्रयाक गर्न सकिने र स्कुटर हराउँदा अलार्म ट्रिगर गर्न सकिने जस्ता नयाँ आविष्कार र सेन्सरहरु छन् । प्रगतिशील एन्टी थेप्ट सिस्टम स्कुटरको पूर्ण शरीरमा राखिएको छ ।

प्रतिघण्टा ७५ किलोमिटरसम्म कुद्ने सेगवे ई–१२५ मा अधिकतम २४०० वाट बोस्च इलेक्ट्रिक मोटर रहेको छ । यसले २०० एनएमको अधिकतम टर्क उपलब्ध गराउँछ। ड्राइभिङ दायराका लागि ७४भी र २७एएच लिथियम ब्याट्री भएको यो स्कुटरको औसत चार्ज समय ५–६ घण्टा रहेको छ । जसमा स्कुटरका लागि डबल ब्याट्री स्पेस पनि छ । स्कुटरसँगै सिंगल ब्याट्री पनि आउँछ र ग्राहकले चाहेमा अर्को ब्याट्री थपेर माइलेज बढाउन सक्नेछन् ।

बोस्चको १० औँ पुस्ताको डुअल च्यानल एबिएसब्रेक भएको यो स्कुटरले विशिष्ट ब्रेकिङको सुविधा प्रदान गर्दछ । सुन्दर देखिने डिजिटल ड्यासबोर्डले प्रयोगकर्तालाई उच्च सुविधाहरु प्रदान गर्दछ ।  
 

आईपीएक्स५ वाटरप्रुफ सेगवे ई–१२५ पानीमा पनि सजिलै चलाउन सकिन्छ । यसका साथै जहाँ अधिकांश पेट्रोलबाट चल्ने स्कुटरहरु कुदाउन सकिँदैन, त्यहाँ सेग्वे ई–१२५ सजिलै चलाउन सकिन्छ । 
 

सेगवे ई–१२५ दुई भिन्न आकर्षक रङहरूमा उपलब्ध छ – सेतो र ग्रे । यो स्कुटरको नेपाली मूल्य ३ लाख ९१ हजार रुपैयाँ ताकेको छ ।


 


Author

थप समाचार
x