अर्थ / बाणिज्य

हकप्रद हटाउने सूचना चुहाएपछि किसान लघुवित्तको सेयर कारोबार रोक्‍का

इकागज |
चैत १०, २०७७ मंगलबार १३:१५ बजे

काठमाडौं : हकप्रद जारी गर्ने प्रस्ताव हटाएको जानकारी समयमा नै नदिएको भन्दै नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)ले किसान लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्‍का राखेको छ । सेयर मूल्यमा प्रभाव पार्ने विषय समयमा जानकारी नआएपछि कारोबार रोक्‍का राख्दै तीन दिनभित्र स्पष्टीकरण समेत मागेको छ ।

चैत ६ गते बसेको सञ्‍चालक समितिको बैठकले कम्पनीले १:१ को अनुपातमा सेयरधनीहरूलाई हकप्रद सेयर जारी गर्ने प्रस्ताव थियो । तर, सोमबार दिउँसो ३:५६ मा प्रस्ताव संशोधन गरेको र हकप्रद जारी गर्ने प्रस्ताव हटाएको सूचना बाहिर आयो ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ अनुसार धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना तथा जानकारी सिर्जना भएका सोही दिन वा भोलीपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेश गर्नुपर्नेछ । तर, यो लघुवित्तले समयमा जानकारी नदिएपछि नेप्सेले स्पष्टीकरण मागेको जानकारी दिएको छ ।   



Author

थप समाचार
x