अर्थ / बाणिज्य

सेञ्चुरी बैंकद्वारा तल्लो चिरखुवा होइड्रोइलेक्ट्रिक प्रोजेक्टको वित्तीय समापन सम्पन्न

इकागज |
बैशाख ६, २०७९ मंगलबार १८:३० बजे

काठमाडौं – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले तल्लो चिरखुवा होइड्रोइलेक्ट्रिक प्रोजेक्टको वित्तीय समापन सम्पन्न गरेको छ । बैंकले ४.०६ मेगावाटको तल्लो चिरखुवा होइड्रोइलेक्ट्रिक प्रोजेक्टको फाइनान्सियल क्लोेजर सम्पन्न गरेको हो । 

प्रदेश नम्बर १ को षडानन्द नगरपालिका भोजपुरमा अवस्थित यो जलविद्युत परियोजना एल.सि. इनर्जी प्राइभेट लिमिटेडले प्रर्वद्धन गरेको हो । 


तल्लो चिरखुवा चिरखुवा होइड्रोइलेक्ट्रिक प्रोजेक्टमा सेञ्चुरी बैंकको एकल लगानी रहेको उक्त परियोजनामा बैंकको ऋण लगानी ७० प्रतिशत र बाँकी प्रर्वद्धकको लगानी रहेको छ । 

उक्त परियोजनाका प्रर्वद्धकमा दिपक राई, विश्वमोहन श्रेष्ठ, केदारनाथ कार्की, दावाजंग्मु श्रेष्ठ लामा तथा ग्रुप रहेका छन् । उक्त समूहले ४.७ मेगावाट क्षमताको उपल्लो चिरखुवा हाइड्रोपावर परियोजना निर्माण गरी विद्युत उत्पादन गर्ने क्रममा रहेको छ । 


Author

थप समाचार
x