काठमाडौंको जोरपाटी माकलबारीमा सेञ्चुरी बैंकको नयाँ शाखा
काठमाडौं – काठमाडौंको जोरपाटी माकलबारीमा सेञ्चुरी बैंकको नयाँ शाखा सुरु गरेको छ । हिजो ७ गतेदेखि गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ जोरपाटी माकलवारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकका संचालक समिति सदस्य मनबहादुर राईले माकलबारी शाखाको समुद्घाटन गरी सेवा आरम्भ गरेका थिए ।
उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, सञ्चालक प्रा.डा. गीता प्रधान, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने लगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।
माकलबारीशाखा संचालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २७ पुगेको बैकले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया