अर्थ / बाणिज्य

एनसेलले ल्याएको इन्डलेस कम्बो प्याक कसरी सुचारु गर्ने ?

इकागज |
बैशाख ८, २०७९ बिहीबार १४:३८ बजे

काठमाडौं – एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई सुलभ दरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गराउन थप आकर्षक भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरू संचालनमा ल्याएको छ । 

यो योजना वैशाख ५ बाट संचालनमा आएको कम्पनीले जनाएको छ । यो योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले कर सहित २५ रुपैयाँमा बिहान ५ बजे देखि साँझ ५ बजे सम्म प्रयोग गर्न सकिन डे कम्बो प्याक र बेलुका १० बजे देखि भोलिपल्ट बिहान ७ बजे सम्म प्रयोग गर्न सकिने गरि दुई प्याकहरू ल्याएको हो । 


डे कम्बो प्याक अन्तर्गत प्रिपेड ग्राहकले १०० एमबी डेटा र २०० मिनेटको अल नेट टक टाइम (अन्य कुनै पनि सेवा प्रदायकको नम्बरमा कल गर्न सकिने) प्राप्त गर्दछन् । 

ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स१ह्यास वा एस्ट्रिक्स१७१२३एस्ट्रिक्स२ह्यास डायल गरि यो प्याक सुचारु गर्न सक्छन् । त्यस्तै ग्राहकले एनसेल एपबाट पनि यो प्याक सुचारु गर्न सक्छन् । 

बेलुकाको समयमा भ्वाइस तथा डेटा प्रयोग गर्न चाहने ग्राहकले २५० एमबी डेटा र २५० मिनेटको अल नेट टक टाइम भएको आकर्षक कम्बो प्याक २५ रुपैयाँमा सुचारु गर्न सक्छन् । प्रिपेड ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स१एस्ट्रिक्स६ह्यास डायल गरि प्याक सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ । 


Author

थप समाचार
x