एनएमबि बैंकले ल्यायाे प्रदेश स्तरीय ‘कृषि कर्जा योजना’
काठमाडौं – एनएमबि बैंकले प्रदेश स्तरीय ‘कृषि कर्जा योजना’ सुरुवातको घोषणा गरेको छ । यो योजना बैंशाख २ देखि असार ३२ सम्म लागू हुने बैंकले जनाएको छ ।
बैंकले प्रदेश १ को लागी पाथिभारा व्यवसायिक कृषि कर्जा, मधेश प्रदेश को लागी मधेश व्यवसायिक कृषि कर्जा, वागमती प्रदेशको लागी स्मार्ट कृषि कर्जा, गण्डकी प्रदेशको लागी गण्डकी व्यवसायिक कृषि कर्जा योजना ल्याएको छ । यस्तै, लुम्बिनी प्रदेशको लागी बुद्धभूमि व्यवसायिक कृषि कर्जा, कर्णाली प्रदेशको लागी कर्णाली व्यवसायिक कृषि कर्जा र सुदूर पश्चिम प्रदेशको लागी सुदूर पश्चिम व्यवसायिक कृषि कर्जा योजना ल्याएको हो ।
यस कर्जा योजना अन्र्तगत बैंकले स्थानीय कृषि उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्य ल्याएको हो । जसलाई सहज प्रक्रिया, सहुलियत ब्याज दर, प्रशासनिक शुल्कमा सहुलियत, डेविड कार्डमा सहुलियत, विमा तथा क्रेडिट कार्ड सुविधा जस्ता आकर्षण थपेको बैंकले जनाएको छ ।
ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुजको सदस्यको रूपमा, एनएमबि बैंकले कृषि फाईनान्सिङ्गलाई प्राथमिकता दिदै आईरहेको छ । यो दिगो व्यवसायका लागि बैंकको रणनीतिक स्तम्भहरू मध्ये एक हो । दीर्घकालीन रणनीतिक उद्देश्य अनुरूप कृषिलाई केन्द्रमा राखी बैंकले समय समयमा यस्ता योजनाहरु प्रस्तुत गदै आइरहेको बैंकले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया