अर्थ / बाणिज्य

मन्त्री झाँक्रीकाे चुनाैतीलाई टेरेनन् इन्जिनियरले

कमल धिताल |
बैशाख १२, २०७९ सोमबार १६:४८ बजे

तस्बिरहरू : कमल धिताल

​काठमाडौँ- सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले केही महिनाअघि एक कार्यक्रममा बोल्दैे ‘नेपालका इन्जिनियरहरू ढलको ढक्कन मिलाउन नजानेको’ भन्दै व्यंग गरेकी थिइन् ।

स्कुटरमा चढ्दा जहिल्यै ढलको ढक्कनले दुःख दिने गरेको भन्दै उनले जबसम्म मंगालकाे ढक्कनकाे सतह र सडककाे सतह समतल हुने गरी मिलाउन सक्दैनन् तवसम्म इन्जिनयर मान्न नसकिने भन्दै उनले इन्जिनियरहरूलाई चुनाैती दिएकी थिइन् ।


तर झाँक्रीले यो समस्या उठाएकाे महिनाैं बितिसक्दा पनि उनकाे घर शंखमूलबाट पार्टी कार्यालय मीनभवनबीचको बाग्मती करिडाेरका मंगालका ढक्कनकाे सतह अझै मिलाइएको छैन । 

‘सहरको विकास गर्छु’ भन्दै झाँक्रीले सपथ खाएको सात महिना बितिसक्यो ।  तर, झाँक्रीको पार्टी कार्यालय मिनभवनदेखि उनको निवास शंखमुलसम्म पुग्दा सडकमा सयौँ नमिलेका ढलका ढक्कनहरू देखिन्छन् । काठमाडौँका हरेकजसो सडकमा सडकसँग लेभल नमिलेको ढक्कनहरू छन् । यसले सवारी चालकहरूलाई समस्यामा पार्ने गरको छ । कतिपय अवस्थामा यस्ता ढक्कनमा परेर दुर्घटनासमेत हुने गरेको छ । 


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x