अर्थ / बाणिज्य

सेयर बजारमा सामान्य गिरावट, निफ्राको झन्डै ९० करोडको कारोबार

इकागज |
चैत १२, २०७७ बिहीबार १५:२८ बजे

काठमाडौं : सेयर बजार मापन गर्ने नेप्से परिसूचक २१.२९ को सामान्य अंकले घटेको छ । बुधबार भारी अंकले बढेको नेप्से साताको कारोबारको अन्तिम दिन सामान्य गिरावट आएको हो ।

० दशमलव ८३ प्रतिशतले घटेको नेप्से २५४८ दशमलव ९६ बिन्दुमा पुगेको छ । व्यापार, इन्भेस्टमेन्ट र होटल समूहबाहेक सबै समूह कमजोर छन् । चन्द्रागिरी हिल्सको सेयर मूल्य १८९ रुपैयाँले बढेर प्रति कित्ता दुई हजार ७९ रुपैयाँ पुगेको छ ।


सपोर्ट माइक्रोफाइनान्स र वोमी लघुवित्तको सेयर मूल्यमा ९ प्रतिशत भन्दा बढी दरले वृद्धि भएको छ ।

बिहीबार ६ अर्ब ५० करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । ७४ हजार ६५८ पटकको कारोबारमा एक करोड २५ लाख ४९ हजार १४६ कित्ता बराबर सेयर किनबेच भएको छ ।

सबैभन्दा बढी नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को कारोबार भएको छ । ८९ करोड ५० लाख रुपैयाँ बरार सेयर किनबेच भएको निफ्राको सेयर मूल्य ६०८ रुपैयाँ पुगेको छ । दोस्रोमा अपर तामाकोशीको सर्वाधिक सेयर कारोबार भएको छ ।  


Author

थप समाचार
x