अर्थ / बाणिज्य

एनएमबी बैंक र केयुकेएलबीच सम्झौता, खानेपानी महसुल भुक्तानी गर्न सकिने

इकागज |
बैशाख २३, २०७९ ११:१३ बजे

काठमाडौं – एनएमबी बैंक र केयुकेएलबीच सम्झौता भएको छ ।

बैंकले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँग सम्झौता गरी अब एनएमबी बैंकको ग्राहकहरूले ओम्नी च्यानल एप तथा वेब प्रयोग गरी काठमाडौँ उपत्यका खानेपानीको महसुल बिना कुनै झंझट तिर्न सक्ने व्यवस्था मिलाएको हो ।  


बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरू ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । 

एनएमबी बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।  



Author

थप समाचार
ad
x