अर्थ / बाणिज्य

सनराइज  बैंकको सनराइज  दोब्बर मुद्दती योजना

इकागज |
बैशाख २३, २०७९ शुक्रबार १२:३० बजे

काठमाडौँ- सनराइज  बैंकले सनराइज दोब्बर मुद्दती योजना  ल्याएको छ ।

आफ्नो बचतलाई निश्चित अवधिमा उच्चतम ब्याजदर प्रदान गर्न व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दतीमा ग्राहकहरुले न्यूनतम  १ लाख रूपैँया जम्मा गरी मुद्दती खाता खोल्न सक्नेछन् । यो योजना अन्तर्गत सो रकम ७७ महिनामा दोब्बर भएर शत प्रतिशत प्रतिफल प्राप्त गर्न सकिने बैँकले जनाएको छ ।


मुद्दती योजनाको अन्तरालमा ग्राहकलाई रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन पनि सकिनेछ । यस्तै विशेष सुविधाहरु ग्राहकलाई क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्क मिनाहा गरिएको साथै उपलब्धताका आधारमा लकरको वार्षिक शुल्कसमेत मिनाहा गरिएको बैँकले जनाएको छ ।  


Author

थप समाचार
x