अर्थ / बाणिज्य

ज्योति लाइफको आइपिओ बाँडफाँट, १२ लाख ४८ हजार आवेदकको हात खाली

इकागज |
चैत १३, २०७७ शुक्रबार १३:३० बजे

काठमाडौं : ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयर (आइपिओ) बाँडफाँट भएको छ । पाँच लाख ९४ हजार आवेदकलाई गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँट गरिएको हो ।

आइपिओमा कुल १८ लाख ४२ हजार ४९६ जनाले आवेदन परेको थियो । १७ लाख ९७ हजार ८३३ जनाको आवेदन लिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । १२ लाख ४८ हजार ४९६ जना आवेदकको हात खाली भएको छ। नतिजा केहीबेरपछि हेर्न पाइनेछ । 



Author

थप समाचार
x