अर्थ / बाणिज्य

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँले बढ्यो

इकागज |
बैशाख ३१, २०७९ शनिवार २०:२२ बजे

काठमाडौं – सरकारले पेट्राेलियम पदार्थकाे मूल्य बढाएकाे छ ।

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य सरकारले बढाएकाे हाे । 


अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । निगमका अनुसार शनिबार रातिदेखि लागू हुनेगरी मूल्य बढाउने निर्णय भएकाे हाे ।

 


Author

थप समाचार
x