अर्थ / बाणिज्य

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन

इकागज |
जेठ २, २०७९ सोमवार ७:५९ बजे

फाइल तस्‍बिर

काठमाडौँ - गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको छ । सोमबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले रुपन्देहीको भैरहवास्थित विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन् । 

आज बिहानै नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुबेतबाट आएको जजिरा एयरबेजको जहाज विमानस्थलमा अवतरण गरेका थिए । 


नेपाल वायु सेवा निगमको पहिलो जहाज आज बिहान ६ बजेर ५५ मिनेटमा र जजिराको जहाज ७ बजेर ८ मिनेटमा अवतरण गरेका हुन् । यससँगै नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान प्रारम्भ भएको छ ।

नेपालको हवाइ इतिहासमा ७४ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको हो । 
 


Author

थप समाचार
x