अर्थ / बाणिज्य

जजिरा एयरवेजको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण

इकागज |
जेठ २, २०७९ सोमबार ९:२५ बजे

बुटवल - कुवेतको जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण गरेको छ । नेपाली समयअनुसार सोमबार बिहान २ बजेर ३० मिनेटमा कुवेतबाट उडान भरेको जजिरा बिहान ७ बजेर ७ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

जहाजमा ६८ जना सवार थिए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले केहीबेर अघि उद्घाटन गरे । जजिराले बुद्ध जयन्ती अवसर पारेर सोमबारदेखि नियमित रूपमा कुवेत भैरहवा उडान गर्नेछ ।


हालै निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान अनुमति लिएको जजिरा एयरले अहिलेको लागि हप्ताको ३ दिन उडान गर्नेछ ।

भैरहवाबाट सोमबार, बुधबार र शुक्रबार बिहान २ः३० बजे उडान हुनेछ भने कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ५ः१५ अवतरण हुनेछ । त्यसैगरी, कुवेतबाट मंगलबार, बिहीबार र शुक्रबार साँझ ६ः३० बजे उडान हुनेछ भने भैरहवामा बिहान १ः४५ बजे अवतरण हुनेछ ।


Author

थप समाचार
x