फुटबल

सिटीलाई पछि पार्दै लिग जित्ने कार्य सहज नभएपनि सम्भव छः क्लोप

इकागज |
जेठ ४, २०७९ बुधबार ११:५९ बजे

काठमाडौँ – साउथह्याम्पटनमाथि २-१ को जित हात पार्दै इंग्लीस प्रिमियर लिगको उपाधि दौड अन्तिम खेलसम्म पुर्याएपछि लिभरपुलका मुख्य प्रशिक्षक जर्गेन क्लोपले लिग लिडर म्यानचेस्टर सिटीलाई उछिन्ने कार्य सहज नभएपनि सम्भव रहेको बताएका छन् ।

केवल एक खेल बाँकी रहदा शीर्ष स्थानको सिटीले ३७ खेलबाट ९० अंक जोडेको छ भने समान खेलबाट लिभरपुलले ८९ अंक जोडेको छ । 


डिफेन्डिङ च्याम्पियन सिटीले आइतबार एस्टन भिल्लाको सामना गर्दा लिभरपुलले भने उल्भ्सविरुद्ध खेल्नेछ । सिटीले जित हात पारेको खण्डमा उ लिग च्याम्पियन हुनेछ । त्यसले लिभरपुलको खेलको नतिजाले केही फरका पार्नेछैन तर सिटीले अन्तिम खेलमा बराबरी वा पराजय भोगे, लिभरपुलको नजिता भने महत्वपूर्ण हुनेछ । 

जनवरी १५ मा सिटी र लिभरपुलबीचको १४ अंकको दूरी रहेको थियो तर त्यसपछि लिभरपुलले १७ मध्ये १५ खेलमा जित तथा २ खेलमा बराबरीको नतिजा निकालेको छ ।

क्लोपका अनुसार लिभरपुलले कहिल्यै हरेस खाएन र यही लयलाई जारी राख्नेछ । उनले लिभरपुलको अन्तिम खेल घरेलु मैदानमा हुने र त्यसको फाइदा उठाइने बताए । 

तर क्लोपका अनुसार लिभरपुलसँग खेल्दा उल्भ्सले भने रेलिगेसनबाट जोगिन हरसम्भव प्रयास गर्ने हुदा उक्त खेल सहज भने नहुने दावी गरे । 
 


Author

थप समाचार
x