फुटबल

नेम्वाङले गरे एन्फा अध्यक्षका लागि उम्मेदवारी घोषणा

इकागज |
जेठ ६, २०७९ शुक्रवार १६:१७ बजे

काठमाडौँ – वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा नेतृत्वले नितिगत तथा आर्थिक भ्रष्टाचार गरेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले आसन्न एन्फा निर्वाचनका लागि उम्मेदवारको घोषणा गरेका छन् । असार ६ गते एन्फाको चुनावी साधारणसभा हुँदैछ । 

ललितपुरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै नेम्वाङले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् । उनले आफू निर्वचित भए विभिन्न ८ काम गर्ने प्रतिवद्धता जनाए ।


नेम्वाङले एन्फा सचिवालयलाई चुस्त दुरुस्त बनाउने, राष्ट्रिय फुटबल लिगलाई निरन्तरता दिने, ए, बी र सी डिभिजन फुटबल लिगलाई व्यवस्थित बनाउने, काठमाडौँका क्लबहरुको अभ्यासका लागि खेलमैदान उपलब्ध गराउने, ग्रासरुटलाई व्यवस्थित बनाउने, मोफसलका टिमलाई बलियो तथा उमेर समूहलाई वैज्ञानिक तरिकाले अघि बढाउने दावी गरे ।

यता एन्फा उपाध्यक्ष रहेका विरबहादुर खड्काले नेम्बाङकै प्यानलमा सहयोग गर्ने भन्दै वरिष्ठ उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरे । उनले कर्मा छिरिङलाई फुटबलको माया नरहेको दावी गरे ।


Author

थप समाचार
x