फुटबल

नेम्वाङले गरे एन्फा अध्यक्षका लागि उम्मेदवारी दर्ता

इकागज |
जेठ ६, २०७९ शुक्रवार १६:४४ बजे

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले आसन्न एन्फा निर्वाचनका लागि अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
असार ६ गते हुने एन्फाको चुनावी साधारणसभाका लागि नेम्वाङले एन्फा मुख्यालय ललितपुरमा शुक्रबार अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । झापा फुटबल संघका अध्यक्ष भागीरथ आले तथा जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीले नेम्वाङलाई अध्यक्ष पदको उम्मेदवारका लागि प्रस्ताव गरेका थिए । 

यसअघि नेम्वाङले आफू निर्वचित भए विभिन्न ८ काम गर्ने प्रतिवद्धता जनाए । 


नेम्वाङले एन्फा सचिवालयलाई चुस्त दुरुस्त बनाउने, राष्ट्रिय फुटबल लिगलाई निरन्तरता दिने, ए, बी र सी डिभिजन फुटबल लिगलाई व्यवस्थित बनाउने, काठमाडौँका क्लबहरुको अभ्यासका लागि खेलमैदान उपलब्ध गराउने, ग्रासरुटलाई व्यवस्थित बनाउने, मोफसलका टिमलाई बलियो तथा उमेर समूहलाई वैज्ञानिक तरिकाले अघि बढाउने दावी गरे । 

यता एन्फा उपाध्यक्ष रहेका विरबहादुर खड्काले नेम्बाङकै प्यानलमा सहयोग गर्ने भन्दै वरिष्ठ उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरे । उनले कर्मा छिरिङलाई फुटबलको माया नरहेको दावी गरे । 
 


Author

थप समाचार
x