फुटबल

इंग्लिस प्रिमियर लिगको अन्तिम दिन के के टुंगो लाग्दैछ ?

इकागज |
जेठ ८, २०७९ आइतबार १०:४८ बजे

काठमाडौँ – यस सिजनको इंग्लिस प्रिमियर लिग फुटबल आइतबार राति टुंगिदैछ । तर लिग अन्तिम दिनसम्म आइपुग्दा पनि विजेता, शीर्ष चार स्थानमा रहने टोली तथा रेलिगसेनमा पर्ने सम्पूर्ण टिमको छिनोफानो भएको छैन र यी सबै आइतबार राति नै टुंगो लाग्नेछ । लिग इतिहासमा १० वर्षपछि यस्तो अवस्था आएको हो । 

तर यी सबै कुराको छिनोफानो अन्तिम दिनमा टुंगो लाग्ने भएपछि लिगको रौनकता कायमै रहेको छ र सबैको नजर लिग कसले जित्ने, च्याम्पियन्स लिगका लागि छनोट हुने टोली कुन कुन हुने तथा रेलिगेसनमा पर्ने टिम कुन कुन हुनेमा ध्यान केन्द्रित गरेका छन् । 


लिग अन्तर्गत म्यानचेस्टर सिटी ३७ खेलबाट ९० अंक जोड्दै शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट ८९ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा रहेको छ । 

अन्तिम खेलमा सिटीले एस्टन भिल्लाविरुद्ध खेल्दा लिभरपुलले उल्भरह्याम्पटनविरुद्ध खेल्नेछ । सिटीले एस्टनलाई पराजित गरेको खण्डमा उसले लिग जित्नेछ । तर बराबरीमा रोकिए वा पराजय भोगेमा र अर्को तर्फ लिभरपुलले आफ्नो खेल जित्दा लिभरपुल लिग विजेता हुनेछ । 

तर लिभरपुलले बराबरीमा रोकिए वा पराजय भोगे, सिटीले लिगको उपाधि जित्नेछ । 

अर्कोतर्फ टोटनह्याम र आर्सनल मध्ये एक टिम शीर्ष चारमा अटाउने अवस्था हुदा दुबैलाई आ-आफ्नो खेलमा जित हात पार्नुपर्ने दवाव रहेको छ । टोटनह्यामको ६८ तथा आर्सनलको ६६ अंक रहेको छ । 

नर्विच सिटी र वाटफोर्ड रेलिगेसनमा परिसकेको अवस्थामा रेलिगेनसमा पर्ने एकमात्र टिमको टुंगो लाग्न बाँकी रहेको छ । र बर्नली र लिड्स युनाइटेडमध्ये एक टिम रेलिगेसनमा जाने निश्चित छ । दुबै टिमको समान ३५ अंक रहेको छ । बर्नलीले न्युकासल तथा लिड्सले ब्रेन्टफोर्डको सामना गर्नेछन् । 
 


Author

थप समाचार
x