फुटबल

बार्सिलोना अन्तिम खेलमा घरेलु मैदानमै पराजित

इकागज |
जेठ ९, २०७९ सोमबार ८:४५ बजे

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलको अन्तिम खेलमा बार्सिलोना घरेलु मैदानमै भियारियालसँग २-० ले पराजित भएको छ । घरेलु मैदान क्याम्प नोउमा जितसहित सिजनको सुखद अन्त्य गर्ने बार्सिलोनाको लक्ष्यमा भियारियालका अल्फान्सो पेडराजा र मोइ गोमेजको गोल बाधक बन्यो । दोस्रो स्थानको बार्सिलोनाले ३८ खेलमा ७३ अंक जोड्दा सातौ स्थानको भियारियालको भने समान खेलमा ५९ अंक रहयो ।

बार्सिलोनाले  ला लिगा च्याम्पियन रियाल मड्रिड भन्दा १३ अंकले पछि रहँदै सिजनको अन्त्य गरेको हो । बार्सिलोनाले सिजनको खराब सुरुवातका बाबजुद दोस्रो स्थानमा बस्दै च्याम्पियन्स लिगको टिकट पक्का गरिसकेको थियो ।


बार्सिलोनामाथिको जितपछि भियारियालले भने क्याम्प नोउमा लगातार १० हारको शृंखलामा पूर्णबिराम लगाएको छ ।

त्यस्तै, एट्लेटिको मड्रिडले सिजनको सुखद अन्त्य गर्ने क्रममा रियाल सोसिडाडलई २-१ ले हरायो । सेभियाले पनि सिजनको सुखद अन्त्य गर्ने क्रममा एथ्लेटिक  बिल्बाओलाई १-० ले पराजित गर्‍याे ।


Author

थप समाचार
x