फुटबल

रोहित इन्डोनेसियाकै पर्सिक क्लबमा आवद्ध

इकागज |
जेठ ९, २०७९ सोमबार १०:२९ बजे

काठमाडौँ – नेपाली फुटबल टिमका मिडफिल्डर रोहित चन्द ठकुरीले इन्डोनेसियाको लिगा वान क्लब पर्सिक केदिरी फुटबल क्लबमा आवद्ध भएका छन् ।

इन्डोनेसियाकै लिगा वान क्लब पर्सिजा जाकार्तासँगको सम्झौता अन्त्य भएसँगै रोहित पर्सिकमा आवद्ध भएका हुन् । पर्सिकले सामाजिक सञ्जाल फेसबुकमार्फत रोहित क्लबमा आवद्ध भएको जनाएको छ । 


रोहितले यस अघि पर्सिजाका लागि सन् २०१७ देखि २०२२ तथा पीएसपीएस पेकानबारुका लागि सन् २०१२ देखि २०१५ सम्म खेलेका थिए । 
 


Author

थप समाचार
x