फुटबल

कर्माको सिंगो प्यानलले गरायो मनोनयन दर्ता

इकागज |
जेठ ९, २०७९ सोमवार १७:६ बजे

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले पुनः अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन् । असार ६ गते एन्फाको चुनावी साधारणसभा हुँदैछ ।

त्यसैका लागि कर्माले सोमबार एन्फामा मनोनयन दर्ता गराएका हुन् । उनलाई मछिन्द्र फुटबल क्लबका सुनिल कपाली र रुपन्देही जिल्ला फुटबल संघका लोक बहादुर पुनले अध्यक्षका लागि कर्मालाई प्रस्ताव गरे ।


कर्मासँगै उनको प्यानलमा रहेकाहरुले पनि मनोनयन दर्ता गराएका छन् । शेर्पाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा दिर्घ बहादुर केसी, रत्न श्रेष्ठ र उपेन्द्रमान श्रेष्ठले पनि मनोनयन दर्ता गराएका छन् ।

सदस्यका लागि दीपक थापा, प्रबीन यादव, रुपेश अधिकारी, लोकेन्द्र गुरुङ, रामराजा गुरुङ, टीकाराम लामा, प्रदेश सिंह राथोर, भरत थापा, अनिल श्रेष्ठ, रमेश ब्येन्जनकार, मनीराज श्रेष्ठ र मनिश जोशीले मनोनयन दर्ता गाएको एन्फाले जनाएको छ ।


Author

थप समाचार
x