फुटबल

एमबाप्पेको 'रियल' सपना टुंगिएको छैन

इकागज |
जेठ १०, २०७९ मंगलबार १०:३२ बजे

काठमाडौँ – फ्रान्सेली स्ट्राइकर कायल एमबाप्पेले पेरिस सेन्ट-जर्मेन (पीएसजी) सँग नयाँ सम्झौता गरेपनि स्पेनिस क्लब रियल म्याड्रिडबाट खेल्ने सपना नटुंगिएको बताएका छन् । २३ वर्षीय एमबाप्पे रियलमा जाने एक खालको सहमति भएपनि उनले फ्रेन्च क्लब पीएसजीसँग ३ वर्षको नयाँ सम्झौता गरे । 

तर बीबीसीका अनुसार एमबाप्पेले भविष्यमा रियलमा जाने सम्भावनाको अन्त्य नभएको बताएका छन् । एमबाप्पेले भविष्यमा के हुन्छ थाहा नहुने बताउँदै रियलमा जाने सम्भावना कायमै रहेको जनाए । 


तर उनले वर्तमानमा आफ्नो ध्यान भने पीएसजीमाथि रहेको उल्लेख गरे । एमबाप्पेले पीएसजीसँग नयाँ सम्झौता गरेपछि स्पेनिस ला लिगा क्लब रियलले उक्त सम्झौतालाई विवादास्पद भएको प्रतिक्रिया दिएको थियो । 
 


Author

थप समाचार
x