फुटबल

यू-१७ एसियन कप छनोटः नेपालको खेल भियतनाममा

इकागज |
जेठ १०, २०७९ मगलवार १३:० बजे

काठमाडौँ – एएफसी यू-१७ एसियन कप छनोट अन्तर्गत नेपाल समूह 'एफ' मा परेको छ । उक्त समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम तथा चाइनिज ताइपेइ रहेका छन् । समूह 'एफ' का खेलहरु भियतनाममा हुनेछन् ।

छनोट अक्टुबर १ देखि ९ तारिखसम्म आयोजना हुनेछ । सन् २०२३ मा बहराइनमा हुने एसियन कपका लागि ४४ टिमले छनोट चरणमा सहभागिता जनाउने एएफसीले जनाएको छ ।


सहभागी टिमलाई १० समूहमा विभाजन गरिएको छ भने समूह विजेता तथा शीर्ष ५ मा पर्ने उपविजेता आगामी वर्षको मुख्य प्रतियोगिताका लागि छनोट हुनेछन् ।


Author

थप समाचार
x