फुटबल

प्रिमियर लिगले चेल्सी खरिदका लागि अनुमति दियो

इकागज |
जेठ ११, २०७९ बुधबार ११:११ बजे

काठमाडौँ – इंग्ल्यान्डको प्रिमियर लिगले चेल्सीलाई एलए डगर्सका सह-मालिक टोड बोहलीको नेतृत्वमा रहेको कन्सोर्टियमलाई खरिदका लागि अनुमति दिएको छ । उक्त कन्सोर्टियमले चेल्सीलाई ४.२५ बिलियन पाउण्डमा खरिदका लागि सम्झौता गरेको हो । 

कन्सोर्टियमले क्लबको मालिक र निर्देशकहरूको परीक्षा पास गरेको प्रिमियर लिगले जनाएको छ । 


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको सम्बन्धका कारण चेल्सीका मालिक रोमन अब्रामोभिचलाई प्रतिबन्ध लगाउनु अघि प्रिमियर लिग क्लबलाई बिक्रीमा राखिएको थियो । 

तर अझैपनि खरिद कार्य पुरा हुने बेलायत सरकारले बिक्री लाइसेन्स जारी गर्नुपर्नेछ । 
 


Author

थप समाचार
x