फुटबल

एस्टनले ब्राजिलका डिएगोलाई भित्र्याउँदै

इकागज |
जेठ १३, २०७९ शुक्रबार १०:२४ बजे

काठमाडौँ – इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाले ब्राजिलियन सेन्टर-ब्याक डिएगो कार्लोसलाई भित्र्याउने सम्झौता गरेको छ । एस्टनले डिएगोलाई स्पेनिस क्लब सेभियाबाट २६ मिलियन पाउण्डमा भित्र्याउने सम्झौता गरेको बीबीसीले जनाएको छ । 

जनवरीमा न्यूकासल युनाइटेडसँग सम्झौता गर्ने तरखरमा रहेका २९ वर्षीय डिएगो बिहीबार बेलायत आउने तथा स्वास्थ्य परिक्षण र व्यक्तिगत सम्झौताहरु पुरा गर्नेछन् । 


यस अघि एस्टनले बौबाकार कामारालाई मार्सेलीबाट भित्र्याएका थिए । 
 


Author

थप समाचार
x