फुटबल

नेपाल र टिमोर लिस्टे यू-२३ बीचको खेल आज राति

इकागज |
जेठ १४, २०७९ शनिबार १२:५९ बजे

काठमाडौँ – कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले शनिबार टिमोर लिस्टेको यू-२३ टिम विरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपाल र टिमोर लिस्टेबीचको खेल नेपाली समय अनुसार राति ९.४५ बाट कतारको दोहामा सुरु हुनेछ । 

एएफसी एसियन कपको तेस्रो चरणको छनोटको तयारीका लागि नेपाली टोली कतार पुगेको हो । नेपालले दोस्रो मैत्रीपूर्ण खेल जुन ६ तारिखमा ओमानविरुद्ध खेल्नेछ । 


कतारको तयारीपछि नेपाली टोली एसियन कप छनोटका लागि कुवेत पुग्नेछ । छनोट अन्तर्गत नेपालले पहिलो खेल जोर्डनविरुद्ध जुन ८, दोस्रो खेल कुवेतविरुद्ध जुन ११ र तेस्रो खेल इन्डोनेसियाविरुद्ध जुन १४ मा खेल्नेछ । 
 


Author

थप समाचार
x