एनएसएल भदौ २५ देखि कात्तिक ५ सम्म गर्न एन्फाको अनुमति (पत्रसहित)
काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) ले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल भदौ २५ देखि कात्तिक ५ गतेसम्म गर्ने अनुमति दिएको छ ।
एन्फा महासचिव इन्द्रमान तुलाधरले एनएसएल आयोजकलाई पत्राचार गर्दै दोस्रो संस्करणको एनएसएल आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले मागेको मितिमै आयोजना गर्ने अनुमति दिएको जनाएका छन् ।
एनएसएल आयोजक श्रोतका अनुसार लिग सिंगल राउन्ड रोविनमा हुनेछ । साथै प्रतियोगिताका खेलहरु काठमाडौँ तथा उपत्यका बाहिरको एक अर्को मैदानमा पनि हुने छ । तर उपत्यका बाहिरको खेल मैदानको टुंगो भने लागेको छैन् ।
एनएसएलमा यस पटक १० टिमको सहभागिता रहनेछ । स्पोर्टिङ इलाम दी मेची, वीरगन्ज युनाइटेड, झापा फुटबल क्लब, विराटनगर सिटी, काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी र धनगढी एफसी रहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया