फुटबल

एसियन कप छनोट अघि भारतले ज्योतिषलाई १६ लाख दिएको खुलासा

इकागज |
असार ८, २०७९ बुधबार १७:२८ बजे

काठमाडौँ – भारतीय फुटबल टिम जुन १४ मा एएफसी एसियन कप २०२३ का लागि छनोट भयो । तेस्रो चरणको छनोट अन्तर्गत समूह चरणको तीनवटै खेल जित्दै भारत एसियन कपका लागि छनोट भएको थियो । 

भारतले कम्बोडियालाई २-०, अफगानिस्तानलाई २-१ र हङकङलाई ४-० ले पराजित गर्दै एसियनमा छनोट भयो । भारतले उत्कृष्ट नतिजासहित एसियन कपमा छनोट भयो । 


तर यसैबीच भारतीय सञ्चारमाध्यमहरुले भारतीय फुटबल टिमका बारेमा नयाँ खुलासा गरेका छन् । अल इन्डियन फुटबल फेडरेसन (एआईएफएफ) ले छनोट खेलेका राष्ट्रिय फुटबल टिमका २४ सदस्यलाई उत्प्रेरित गर्न ज्योतिष एजेन्सीलाई १६ लाख भारतीय रुपैया बुझाएको खुलासा भएको छ । 

पीटीआईले स्रोतलाई उदृत गर्दै जनाए अनुसार एआईएफएफले खेलाडीलाई उत्प्रेरित गर्न उत्प्रेरक (मोटिभेटर) चयन गरेका थिए र उक्त उत्प्रेरक पठाउने कम्पनी भनेको ज्योतिष फर्म रहेको खुलेको छ । साथै उक्त व्यक्ति ज्योतिष रहेको उसका लागि १६ लाख भारतीय रुपैया तिरिएको समेत खुलेको छ । 
 


Author

थप समाचार
x