फुटबल

कतार विश्वकप : सहभागी राष्ट्रले टिममा २६ खेलाडी राख्‍न पाउने

इकागज |
असार १०, २०७९ शुक्रबार १२:३४ बजे

काठमाडौँ– यसै वर्ष कतारमा हुने फिफा फुटबल विश्वकपमा सहभागी राष्ट्रले आफ्नो टिममा २६ खेलाडी राख्‍न पाउने भएको छ । बीबीसीका अनुसार फिफाले टिममा २६ खेलाडी राख्न पाउने जनाएको हो । कोभिड-१९ अघि टिममा २३ खेलाडी मात्र राख्‍न पाउने प्रावधान रहेको थियो तर अब भने २६ खेलाडी हुने भएका छन् । 

फिफाले खेलको क्रममा एक टिमले १५ जनासम्म वैकल्पिक (परिवर्तन गर्न मिल्ने) खेलाडी राख्‍न पाउनेसमेत निर्णय गरेको छ । यसको अर्थ टिममा रहेका सबै खेलाडी सबै खेलको हिस्साको रुपमा रहनेछन् ।


कतारले नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म विश्वकप आयोजना गर्दैछ र अक्टोबर २० सम्म सहभागी सबै राष्ट्रले टिम सदस्यको सूची पठाउनुपर्नेछ । 

फिफाले जनाए अनुसार १५ वैकल्पिक खेलाडी तथा टिम डाक्टरसहित ११ जना टिम अफिसियल बेच्नमा बस्न पाउनेछन् ।
 


Author

थप समाचार
x