फुटबल

म्यानचेस्टर युनाइटेड छाड्ने रोनाल्डोको मनसाय

इकागज |
असार १०, २०७९ शुक्रबार १५:२१ बजे

काठमाडौँ - पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाड्ने मनसायमा पुगेका छन् । रोनाल्डो युनाइटेड छाड्ने मनसायमा पुगेको पोर्चुगिज पत्रिका रेकर्डले लेखेको स्काइस्पोर्टसले जनाएको छ । 

खेलाडी ट्रान्सफरमा युनाइटेड सफल नभएको भन्दै रोनाल्डो निराश भएको बताइएको छ । ३७ वर्षीय रोनाल्डोको युनाइटेडसँग एक वर्षको सम्झौता बाँकी रहेको छ ।


तर युनाइटेडले राम्रा खेलाडी भित्र्याउन नसकेको भन्दै रोनाल्डो निराश भएको र उनले केही समयपछि क्लब छाड्ने मनसाय बनाएको जनाइएको छ । 
 


Author

थप समाचार
x