फुटबल

वेल्सका कप्तान गारेथ बेल अमेरिकी क्लबमा जाने

इकागज |
असार १२, २०७९ आइतवार १०:१९ बजे

काठमाडौँ – वेल्सका कप्तान गारेथ बेल अमेरिकी फुटबल क्लब लस एन्जेलस एफसीमा जाने सम्झौता गरेका छन् । फ्रि ट्रान्सफरअन्तर्गत बेल मेजर लिग सकर (एमएलएस) टिम लस एन्जेलसमा आवद्ध हुने सम्झौता गरेका हुन् ।

३२ वर्षीय फरवार्ड बेलले नौ वर्ष स्पेनिस क्लब रियल म्याड्रिडमा बिताएका थिए । पाँच पटकका च्याम्पियन्स लिग विजेता बेल इंग्लिस क्लब टोटनहम जाने चर्चा समेत चलेको थियो ।


बेलले सामाजिक सञ्जालमार्फत अमेरिकी क्लब जाने बताएपनि लस एन्जेलसले भने उक्त कुराको पुष्टि नगरेको बीबीसीले जनाएको छ । 

 


Author

थप समाचार
x