फुटबल

नेपाली फुटबल विकासका लागि फिफाको ढोका खुल्ला रहनेछः फिफा अध्यक्ष

इकागज |
असार १४, २०७९ मंगलबार १६:२४ बजे

काठमाडौँ –  विश्व फुटबलको सर्वोच्च निकाय फिफा अध्यक्ष जियानी इन्फान्टिनोले नेपाली फुटबलको विकासका लागि व्यतिगत तथा फिफाको सहयोग र समर्थन रहने बताएका छन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनियुक्त अध्यक्ष पंकज विक्रम नेम्वाङलाई बधाइ दिदै इन्फान्टिनोले फुटबल तथा यस खेलको विकासका बारेमा छलफल गर्न फिफाको ढोका सधैँ खुल्ला रहने बताए । 


उनले नेम्वाङको फुटबलप्रतिको लगाव तथा अनुभवले नेपाली फुटबलको विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै नेपाली फुटबलको विकासका लागि सहयोग गर्न तयार रहेको बताए । 

उनले नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरुलाई समेत बधाइ दिए । 


 


Author

थप समाचार
x